भारतीय अध्यात्मिक गुरु श्री श्री रविशंकर आफ्नो प्रेरणादायी प्रवचनका लागि प्रख्यात छन् । सन् १९८१ मा आर्ट अफ फाउन्डेशन स्थापना गरेका रविशंकरले यस संस्थामार्फत मानविय हितमा काम गरिरहेका छन् । तनाव कम गर्न, मष्तिष्कलाई नियन्त्रणमा राख्न र विचारमा स्पष्टता ल्याउन अध्यात्म र साधना आवश्यक रहने उनको मान्यता छ ।
खुसी रहनका लागि उनले दिएका १५ टिप्स यस्ता छन् ।
१- जीवन र काम एउटै हो । यहाँ त्यस्तो कुनै सार्वजनिक समय वा व्यक्तिगत समय छैन, जसले हामीलाई विभाजित गरोस् ।
२- जब हामी सोचिरहेका हुन्छौं । त्यतिबेला प्रतिक्रियावादी हुने होइन । बरु जिम्मेवार हुने गर्नुपर्छ ।
३- विगत बिर्सनुहोस् । यसलाई समातेर हिँड्दा तपाई दुखी मात्रै बन्नुहुन्छ ।
४- पछुतो नमान्नुहोस् । यसले तपाईमा आक्रोश पैदा गर्छ र घृणाको स्थान बनाउँछ । विगत विगत नै हो । जब तपाई चेतनाको अवस्थामा हुनुहुन्न त्यतिबेला गल्ती हुन्छ । यसलाई नदोहोराउनुस् र राम्रो काममा अघि बढ्नुस् ।
५- खुसी र प्रेम तपाईको वास्तविक स्वभाव हो र तपाईले महसुस गरेको खुसी तपार्इं वरपरका व्यक्तिसँग पनि सम्बन्धित छ ।
६- राम्रा र नराम्रो दुबै क्षण हुन्छन् भन्ने स्वीकार गर्नुस् । तपाईले आफ्नो मष्तिष्कलाई खुसीले भर्न पनि यो तथ्यलाई सम्झिरहन आवश्यक छ ।
७- विविधता स्वीकार्न सिक्नुहोस् । यसको सम्मान गर्नुहोस् । यसलाई यातना दिने होइन, बरु उत्सव बनाउने हो । तपाईले विश्वलाई आफ्नो परिवारका रुपमा हेर्नुपर्छ ।
८- पुरुषले महिलाका भावनामाथि खेल्नुहुुन्न । महिलाले पुरुषको इगोमाथि खेल्नुुहुन्न ।
९- प्रेम प्रमाणित गर्न माग नगर्नुस् । प्रेम प्रमाणित गर्नु आफैंमा दवाब हो ।
१०- हरेक दिन एउटा नयाँ साथी बनाउनुस् । धेरै गम्भिर नहुनुस् । धेरै हाँस्नुस् ।
११- कहिल्यै आत्मसमर्पण नगर्नुस् ।
१२- खराब कुराका लागि ठाउँ बनाउनुस् । जसरी तपार्ईले आफ्नो घरमा फोहोर फाल्ने डस्टबिन राख्नुभएको छ । त्यसरी नै सोच्नहोस् । तपाईले घरलाई सफा राख्न यो विधि अपनाउन जरुरी छ । त्यसरी नै दिमाग सफा राख्न विकार सोचलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ । त्यसका लागि निश्चित ठाउँ सिर्जना गर्नुस् ।



















