भूमिप्रसाद पाठक

भुटानी शरणार्थी पुरूष र नेपाली महिला बीचकाे गहिराे प्रेम कहानी रहेको `संगसंगै कान्छी´......बाेलरहेकाे गीतकाे रिलिजकाे तयारी गर्ने साे भिडियोका निर्देशक जीवन बरालले जानकारी दिए।गत कार्तिक २५ र २६ गते पथरी शनिश्चरे -१0काे भुटानी शरणार्थी क्याम्पमा खिचिएकाे भिडियोलाई अनिल धिरूलले लेखेकाे गीतमा, संगीत देव गुरूङले गरेका हुन् भने ,कर्णप्रिय स्वरका धनी नन्दु गुरुङकाे सुमधुर स्वर रहेकाे छ।

त्यसैगरी, याे गीतलाई फिचरिङ गर्ने नेपालका व्यस्त चर्चित नायक तथा माेडल दयाहाङ राई , अहिलेकी व्यस्त माेडलिङ नग्मा श्रेष्ठ , सम्रान्त थापा र करण धितालकाे बेजाेड अभिनय हेर्न पाइन्छ । भूपेन्द्र लिम्बु तुम्वाहाम्फेले खिचेको भिडियाेमा साेम मग्ररातीकाे मेकअफ म्यान, सहायक क्यामेरा मेनमा देबराज सिग्देलकाे रहेका छन् भने क्रयुमा म्यानमा रन्जित लाेहार ,अशोक मण्डल र जग्गु भाइकाे रहेकाे साेही भिडियाेका संगीतकार देव गुरूङले बताए। साे भिडियोमा सहायक निर्देशकमा द्वय सराेज तिम्सिना र सम्रान्त थापाकाे रहेकाे छ।त्यसरी नै पाेष्ट प्राेडक्सनमा सम्रान्त थापा र सहायक प्राेडक्सनमा सविन कट्टेल र प्रेम खतिवडाले समालेका हुन्।