पथरी शनिश्चरे, ३ पुस । मोरङको पथरीशनिश्चरे १० मा दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सुरु भएको छ ।

बिहिबार तालिमको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले उद्घाटन् गर्दै दलित समुदायको उत्थानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजित तालिमले रोजगार बन्ने अवसर प्राप्त हुने बताउनु भयो ।

131887691_431846764512308_3114714541799018983_n 1

कार्यक्रममा, वडा सदस्य मनकुमारी विश्वकर्मा, समाजसेवी इन्द्रकुमारी लिम्बू, सञ्जीव भण्डारीले मन्तव्य व्यक्त गर्नुभयो । वडा कार्यालयको दलित लक्षित १ लाख रुपैयाँको बजेटमा सञ्चालित तालिममा वडाका ८ जनाको सहभागिता रहेको संघका कुबेरमान घतानीले जनाउनु भयो । उद्घाटन कार्यक्रम संघकी वडा संयोजक उर्मिला महराको सभाध्यक्षतामा सम्पन्न भयो ।