विराटनगर, ४ पुस । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको छ । विश्वविद्यालय निर्माण सम्पन्न हुँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव मुल्यांकनका विषयमा छलफल सुरु भएको होे ।

131928411_1738442719670128_7052267242718627519_n

आदीवासी जनजाती, मुस्लिम र दलित समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा विश्वविद्यालय स्थापना भएपछि प्रयाप्त सम्भावनासँगै विश्वविद्यालयका संरचनाले पार्ने केही वातावरणीय प्रभावका विषयमा सरोकारवालाहरुसँग छलफल गरिएको मनमोहन प्राविधिक विश्वविद्यालयका प्रवक्ता सत्यनारायण चौधरीले जानकारी दिए ।

131939294_738167203766174_8276029136493928427_n 1

चौधरीका अनुसार मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाले दक्ष प्राविधिक जनशक्ति उत्पादहुने र सो क्षेत्रमा विश्वविद्यालयका ठुला–ठुला भौतिक संरचना बन्दा स्थानीयलाई प्रत्यक्ष रोजगारी सृजना हुनेछ । छलफलमा जैविक विविधताका कुराहरु, विश्वविद्यालयले कुनै किसिमको वातारणीय प्रभाव पारे नपारेको, वायुडाइभरसिटि, बन जंगल नमासिने तथा समग्रमा विश्वविद्यालयले पार्ने वातावरणीय असरका बारेमा छलफल भएको थियो । छलफलबाट उद्योगबाट वातावरणीय प्रभाव पर्ने भएपनि विश्वविद्यालयले वातावरणमा कुनै प्रभाव नपार्ने सहभागिहरुले बताएका थिए ।

ठुलो क्षेत्रफलमा विश्वविद्यालय रहने भएकाले सोही अनुसार विश्वविद्यालयलाई हरियाली बनाउन र वातावरण स्वच्छ पार्न गरिने वृक्षारोपण, गार्डेन, फुलबारीलगायतले वातारणीय सुधारमा थप टेवा मिल्ने छलफलमा निचोड निस्किएको छ । त्यति मात्र नभएर विश्विद्यालयले स्थानीयका आर्थिक, सामाजिक र सांस्कृतीक रुपान्तरणमा समेत टेवा पुग्ने सरोकारवालाहरुले बताएका छन् ।

विश्वविद्यालयले सो क्षेत्रको देशविदेशमा समेत पहिचान स्थापित हुने छलफलमा बताइएको छ । छलफलमा विश्विद्यालयले पार्ने केही असरहरुलाई न्युनिकरण गर्नुपर्नेमा समेत जोड दिइएको छ । विश्विद्यालयमा उत्पादन हुने फोहरमैला, काम लाग्ने वस्तुहरुको पुनः प्रयोग र काम नलाग्ने वस्तुहरुको उचित व्यवस्थापन, सवारी साधनले पार्ने धुलोधुवाँलगायतले असरपार्ने भएकाले त्यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् ।


छलफलमा वातावरण विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय प्राणीशास्त्र विभागका प्रा. डा. मुकेश चालिसे, मनमोहन स्मृती प्रतिष्ठानका सदस्य तथा मनमोहन स्मृती पोलिटेक्निक इन्स्टीच्युटका पूर्व निर्देशक गोविन्द गजुरेल, मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवाषश्री पोखरेल, गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कासिम मियाँ, वडा नं. ५ का वडाध्यक्ष रमेश खनाल, प्रमुख कार्यकारी अधिकृत डम्मरुबल्लव बराल, त्रिभुवन विश्वविद्यालय धरान इन्जीनियरिङ विभागका प्रमुख अनु श्रेष्ठ, जग्गादाता मुरारी रेग्मीलगायत सम्बन्धीत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा वातावरणीय प्रभावरहितरुपमा विश्विद्यालयलाई सकारात्मक रुपमा अगाडी बढाउनका व्पापक छलफल भएको विश्वविद्यालयका प्रवक्ता चौधरीले जानकारी दिए ।न्युज बिराट.com बाट