शनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा देविगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले जित हात पार्दै लिगबाट बाहिरिएको छ भने पराजित वाईजिएफटीलाई समेत लिगबाटसँगै बाहिर लिएर गएको छ।

132066426_994020601405704_7267417387005613472_n

आजको खेलमा देविगञ्जको विजयसंगै नक–आउट समीकरण समेत तय भएको छ। प्रतियोगिताको नक–आउट चरणमा टेन नवोदय, न्यु स्टार, सिरिजङ्गा र रियल ब्रदर्सले खेल्ने भएका छन् ।

आजको खेलमा वाइजिएफटीका अभय लिम्बुले खेल शुरु भएको ३ मिनेट बित्न नपाउदै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २४ औँ मिनेटमा देविगञ्ज फुटबल क्लबका गोविन गुरुङ्गले सन्तोष न्यौपानेको पासमा जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए।

132169174_151460586762432_1937426002552022275_n

सो बराबरीलाई तोड्दै वाईजिएफटीका रोशन न्यौपानेले खेलको ४४ औँ मिनेटमा थप १ गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए तर सो अग्रता समेत धेरै समय टिक्न सकेन। खेलको ६९ औँ मिनेटमा देविगञ्जका कप्तान सन्तोष न्यौपानेले थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए। सन्तोष न्यौपानेले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–१ ले विजयी बनाए।

132017819_1114095469027837_198909865694414446_n

आजको खेलमा २ गोल गरेका देविगञ्जका सन्तोष न्यौपाने खेलको सोनालिका म्यान अफ दि म्याच घोषित हुँदै पुरस्कृत भएका छन् ।

लिग चरणको अन्तिम खेल भोलि सोमबार टेन नवोदय फुटबल क्लब र रियल ब्रदर्स फुटबल क्लब विच हुनेछ। दुवै टिमले नक–आउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने भोलीको खेल लिगको शिर्ष स्थानका लागि मात्र हुनेछ। नक–आउट चरणका खेलहरु पौष ८ गतेबाट हुनेछ।

मोफसलमै पहिलो पटक खेलाडी लिलाम बिक्रि मार्फत खेलाडी छनौट गरि ८ टिमबिच प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार पाउने छ भने उपविजेता टोलिले ७५ हजार प्राप्त गर्ने छ।