लेटांङ । पच्छिलो समय प्रदेश नम्बर १ कि सामाजिक अभियान्ता शान्ति पाख्रिन लामा गुरुङको नाम नसुन्ने र नचिन्ने कमै होला ? कहिले बजारमा पानीपुरी बेचेर होस या कहिले सेलरोटी बेचेर दिन दुखिलाई सेवा गर्छिन ,कहिले झुपडी त कहिले अस्पतालमा सेवाको लागि भेटिन्छिन ।

135290716_314641696499447_486120305862279366_n

मानवताको सेवानै जिवनको सर्वत्तम कार्य हो भन्ने कुरा जेसिजको मुल मन्त्रलाई आत्मसाथ गर्दै २०१६ मा लेटाङ जेसिजको अध्यक्ष समालिसकेकी पाख्रिन यति बेला मिठो बोल्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पबित्र हुने भनाइलाइ अंङ्गिकार गर्दै लेटाङ लायन्सकल्बको संस्थापक अध्यक्ष रहेकि छिन् ।आज आफ्नो जन्मदिन सँगसँगै अन्तर्राष्ट्रिय स्तरमा लेटाङ लायन्स कल्ब स्थापना पनि आजैकोदिन परेको भन्दै लायन्स कल्बले ४ औ स्थपना दिवसको अवस्वर पारेर लेटाङ ३ मा अवस्थित बिरन आधारभुत बिध्यालयमा बाबालिकालाई शैक्षिक पाठ्यक्रम भित्ते लेखन र चिसो बाट बचाउन का निम्ति कार्पेट वितरण गरीएको छ ।

सोहि कार्यक्रम संगसंगै अभियान्ता पाख्रिनले पनि आफ्नो तर्फबाट आफ्नो जन्मदिनको अवसरमा श्री बालबिकास आधारभुत बिध्यालय लेटाङ १ मा ७५ जाना बिधार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेकी छिन् । उक्त विधालयमा अध्यन गर्ने अधिकाश नानिहरुको अभिवाक बिहिन बालबालिका रहेको अभियान्ता पाख्रिनले बताइन । दिनरात नभनी आफ्नो कामहरुलाई थाति राखेर सामाज सेवामा समर्पण गरेकि सामाजिक अभियन्ता शान्ति पाख्रिनलाइ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै सुभकामना ।