पथरी शनिश्चरे, १८ पुस | मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको संयोजनमा आज उच्च अदालत विराटनगरले ‘न्यायिक सेवा प्रवाहमा न्यायपालिका  : हाम्रा बुझाई र अपेक्षाहरु’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
नगरपालिका कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठ र न्यायाधिस तेजनारायणसिंह राईले सम्बन्धित विषयमा बोल्दै सिमित श्रोत र साधनको बाबजुद न्याय सम्पादन कार्य प्रगतिउन्मुख भएको बताउनु भयो ।

135014339_2762473177299507_7402533235809691823_n
उच्च अदालतमा हाल ७६ प्रकारका टेम्पलेट फारमहरु सेवाग्राही आफैंले भर्न सक्ने भएकाले तत्काल वकिलको आवश्यकता नपर्ने, आर्थिक विपन्न र असहायका लागि निःशुल्क कानूनी सहायता सहित अदालती शुल्क नलिने, मिलापत्रको दरखास्त निःशुल्क गर्ने, पुनरावेदनका मुद्धाहरु तारेखमा रहनु नपर्ने जस्ता प्रावधान राखिएको उहाँहरुले चर्चा गर्नुभयो ।

यसका साथै पेशी चढ्ने दिनको म्यासेज मोवाइलमा पठाइने, टोकन प्रणाली, मुद्धा फैसलाको डिस्प्ले बोर्ड, निःशुल्क टोलफ्रि नम्वरको व्यवस्था तथा अदालतमा उपस्थित सेवाग्राहीसँग मासिक रुपमा सेवा प्रवाह सम्बन्धि मुख्य न्यायाधिससँग अन्तरक्रिया सहितका गतिविधिले अदालतको कार्यसम्पादनमा चुस्तता प्रदान गर्दै लाने कोशिष भएको पनि बताउनु भयो । पालिकाहरुमा यसप्रकारका अन्तरक्रिया सहित कानूनी प्रावधानका बारेमा जानकारी गराउने कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गरियो ।


महिला, बालबालिका, ज्येष्ठ, जातिय विभेद, विधवा, माना चामल भराउने जस्ता मुद्धाहरुलाई अदालतले प्राथमिकतामा राखेको समेत बताउँदै पुराना मुद्धाहरुलाई सून्यमा झार्ने योजना सहितको प्रयत्न भइरहेको पनि उल्लेख गरिएको छ ।
सहभागिले न्यायालयमा सर्वसाधारणको सहज पहुँच, मुद्धा छिटो किनारा लाग्नुपर्ने लगायतका विषयमा राखेका जिज्ञासा तथा सुझावहरु बारेमा छलफल समेत भएको थियो । मानिसका न्यायका यावत पक्षहरुमध्ये अदालत एवम् न्यायिक निकायले कानूनी न्याय सम्पादन मात्र गर्ने प्रावधान रहेकाले तथ्य र प्रमाणका आधारमा न्यायिक गतिविधि गर्नुपर्ने अवस्था रहेकाले सत्यतथ्य कुरा तल्लो तहदेखि समेटिनु पर्ने कुरामा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत प्रष्ट्याइएको छ ।

135599934_414049336602540_771153643400078483_n
अन्तरक्रियाको सभाध्यक्ष नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले सिमित श्रोत र साधनका बाबजुद नगरले समेत मेलमिलापको माध्ययमबाट मुद्धाहरु निरुपण गर्ने कुरामा मेलमिलापकर्ता सहितको समुदायको सक्रियता रहेको बताउनु भयो । साथै उहाँले अव वडा वडामा कानूनी सचेतना कार्यक्रम सञ्चालन गर्दै न्यायको पहुँच थप बढाउने समेत जानकारी गराउनु भयो ।

134821180_430712898113800_1037783854704002695_n

न्यायिक सदस्य भद्रमान विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा, जनप्रतिनिधि, वडा सचिव सहितका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, महिला सम्वद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सहकारीका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज, मानव अधिकारकर्मी तथा सामुदायिक मेलमिलापकर्ताको सहभागिता गराइएको थियो ।