भूमिप्रसाद पाठक
उर्लाबारी,२४ पुस । माेरङ्गकाे उर्लाबारी नगरपालिकाकाे वडा नं-३मा रहेको बिद्याज्यति बाेडिङ्गकाे हाताभित्र कक्षा -१२का बिद्यार्थीहरूले नवआगन्तुक कक्षा-११का बिद्यार्थीहरूलाई स्वागत गरेका छन्। कार्यक्रममा कक्षा-१२का छात्रका तर्फबाट रिवाज कार्कीले स्वागत मन्तव्य राखेका थिए भने छात्रा तर्फबाट कक्षा-११की भावना न्याैपानेले स्वागत मन्तव्य राखेकी थिइन्।
बिद्यालयका तर्फबाट साेही बिद्यालयका सहायक प्रिसिन्पल राज पाैडेलले स्वागत मन्तव्य राखेका थिए।उक्त कार्यक्रममा प्रमुख अतिथिकाे तर्फबाट वडा नम्बर- ३ का वडाध्यक्ष गुञ्जबहादुर कार्कीले यस वडामा रहेको संस्थागत बिद्यालयकाे स्तर -उन्नतिकाे सक्दाे सदुपयोग गर्न आफू तत्पर रहेकाे धारणा राखेका थिए।कक्षा-१२का बिद्यार्थीहरूले कक्षा-११का नवआगन्तुक बिद्यार्थाेहरूलाई अबिर लगाएर र खादा ओढाई भव्य स्वागत गरिएको थियोे ।
साेही कार्यक्रमकाे अध्यक्षता बिद्यालयका प्राचार्य डि०बी० थापाले गरेका थिए , भने उक्त समापन कार्यक्रममा आउने शैक्षिक सत्रबाट बिज्ञान संकाय र हाेटल मेनेजमेन्टमा पढाइ हुने प्रतिबद्वता जाहेर वक्त गरे।कक्षा -१२का छात्र कपिल परिवारले साे कार्यक्रम सञ्चालन गरेका थिए। साेही बिद्यालयमा २०७६ सालबाट व्यवस्थापन संकायमा कक्षा-११/१२ सञ्चालन हुँदै आएकाे छ।



















