- बिकास आचार्य
लेटाङ / मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैर कानूनी रुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको छ । नियम अनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन् गर्न पाइँदैन ।
तर, चिसाङ खोलामा रहेका क्रसर उद्योगले चुरे पहाडको मध्य भागमै पसेर नदीजन्य स्रोत उत्खनन् र दोहन गरिरहेको विरोध गर्दै प्राकृतिक श्रोत तथा वातावरण संरक्षण समिति लेटाङका अध्यक्ष रूद्र श्रेष्ठले चरणबद्द आन्दोलन गर्ने वताएका छन ।
आज जिल्ला प्रशासन कार्यलय र डिभिजन वन कार्यलय मोरङमा ज्ञापन पत्र दिदै चुरे दोहनले १००० औ हेक्टर खेती योग्य जमिनलाई सिचाइ गर्ने नहर, लेटाङ खानेपानीको मुहान, बन्दै गरेको पुल, पाटीखेत तटबन्धन र लेटाङ वासीलाई नै नकारात्मक असर पुगेको स्थानीयहरूको जिकिर छ ।
कार्यक्रमको जानकारी दिदै अध्यक्ष श्रेष्ठले जेष्ठ २४ गते बिहान ७ वजे बिसाल जनसहभागितामा उत्खनन स्थलमा आन्दोलन गर्ने जानकारी दिएका छन ।
यसै बिच एक नम्बर प्रदेशका सांसद उपेन्द्र घिमिरेले उक्त चुरे क्षेत्रकाे अनुगमन गरी स्थानीयकाे राय बुझेका छन । उनले याे बिषयमा प्रदेश सरकार , संघिय सरकार र स्थानीय सरकारलाइ जानकारी गराइने र अत्याधिक चुराे दाेहन तत्काल राेक्न लगाइ घटनाकाे छानबिन गरी दाेषि उप कानुनत कार्वाहिकाेलागि पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।


