पथरी,१० माघ । लर्ड बुद्ध साकोसले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्ना ७० बर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुलाई “ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन)” वितरण गरेको छ । संस्थाले मासिक रू.७५० का दरले ३ महिनाको जनही रू.२,२५० वितरण गरेको हो ।

141389364_408119103615028_5624679045168986680_n

पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री गोविन्द भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँकै हातबाट १४ जना ज्येष्ठ सदस्यहरुलाई जम्मा रू.३१,५००।– वितरण गरिएको छ ।

संस्थाले २०७४ साल बैशाखदेखि आप्mना ज्येष्ठ सदस्यहरुलाई आजीवन पेन्सन उपलब्ध गराउन प्रारम्भ गरेको हो । २०७४ सालभर मासिक रू.२००, २०७५ सालभर मासिक रू.४००, २०७६ सालभर मासिक रू.६०० का दरले उपलब्ध गराईएको भत्ता २०७७ बैशाखदेखि मासिक रू.७५० भएको हो ।

आजकै दिन सदस्यता नं. ३६२ का सेयर सदस्य रत्नकुमारी भट्टराईको जन्मदिनको अवसरमा केक काटी संस्थाले जन्मदिन मनाईदिएको छ । जन्मदिनको अवसरमा सु–स्वास्थ्य र दिर्घायुका कामनासहित संस्थाको तर्फबाट उपहार पनि प्रदान गरिएको थियो ।