पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको एभरेष्ट आर्ट्स् फ्युजनको १० औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार मध्यान्ह मनोहर पार्कमा सम्पन्न सो साधारणसभाबाट अध्यक्षमा षडराज सुवेदी, उपाध्यक्ष भूमिप्रसाद पाठक, सचिव दीपक दियालो, सहसचिव राजेन्द्र भट्टराईं, कोषाध्यक्ष सीता राईं र सदस्यहरुमा क्रमशः युवराज अधिकारी, ओमप्रकाश शर्मा, टीका लुँइटेल, भीम पुरी, प्रेमकला ढुङ्गाना र मनिष भारती चयन भएका छन् ।

140697235_456494185352261_1083110636255535707_n

सभाबाट समिति बिस्तारका लागि वडा–वडामा संयोजनको भूमिका तोकिएको छ । यसअन्तर्गत वडा नं. ३ बाट सेवानिवृत्त शिक्षक कृष्णप्रसाद अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।  सम्पन्न सभामार्फत सहभागी सबैलाई स्रष्टा भवानीप्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

139929911_425785435539376_8016504259556398655_n

वडा नं. ३ पाथीभरा समुहद्वारा बालन–शो अघि बढेको सो कार्यक्रमको प्रमुख आतिथ्य नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, केन्द्रीय सदस्य तथा यस संस्थाको संस्थापन अध्यक्ष सरोजा खड्गीले गर्नुभएको थियो । अध्यक्ष षडराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले आसन्न बैठकबाट दुइवर्षे आफ्नो कार्यकालका लागि स्रष्टा र सिर्जनामाझ कैयौं प्रकृतिका कार्यक्रम तयार गर्ने निधो गरेको छ ।

140644058_253064986179578_7152512306809801796_n