लेटाङ । सेवा प्रबाहका क्रममा कानुनी अप्ठ्यारालाई सहजीकरण गर्न सहज होस भन्ने उदेश्यले लेटाङ नगरपालिकाका ५ वटा वडाका जनप्रतिनिधिहरु तथा कर्मचारीलाई कानुनी शिक्षा तालिम प्रदान गरिएको छ ।
लेटाङ नगरपालिका न्यायिक समितिको आयोजनामा महाभारत सामुदायिक बन लेटाङ ६ को तालिमहलमा ९ र १० गते २ दिन तालिम आयोजना गरिएको हो ।

४० जना सहभागिहरुको उपस्थितिमा भएको तालिमलाई अधिबक्ता गणेशराज लुईटेलले सहजिकरण गरेका थिए ।
कार्यक्रमलाई समापन सत्रमा मन्तब्य राख्दै लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले कानुनि अढ्चन फुकाउन मदत होस भनेर तालिम आयोजना गरिएको बताए । तालिमले कानुन बुझ्न मद्दत गर्ने भएकाले अब कानुनका किताब पल्टाएर सेवा प्रबाहलाई चुस्त दुरुस्त राख्न सहज हुने बताए ।

कार्यक्रम लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको थियो । तालिमलाई समापन गर्दै उपप्रमुख निरौलाले कानुन दायराभित्रका उपाय खोजेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन । न्याय सम्पादनका क्रममा लेटाङ अग्रभागमा रहेको र यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताइन । मेलमिलापकर्ताहरुकाई पुनर्ताजगी तालिम आयोजना गरिने समेत जानकारी दिइन । कार्यक्रम वडा नं ४ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य सन्तोश कार्किले सन्चालन गरेका थिए ।