काठमाडौ,माघ ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज बिबाहबन्धनमा बाधिदै छन् ।राजधानीको पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम सुरु भैसकेको छ।
४९ बर्षका राईले २३ बर्षकि मोडेल जाङमु शेर्पासंग बिबाह गर्न लागेका हुन् ।उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए।
उच्च स्रोतका अनुसार बिबाहमा धेरै मान्छे उपस्थिति गराइएको छैन ।राई निकटस्थ करिब २४ जना ब्यक्ति लाई मात्र जन्ती लाने जनाइएको छ ।
आजै हुने रिसेप्सनमा भने रास्ट्रपति ,प्रधानमन्त्री तथा भिभिआइपी हरुको उपस्थिति रहने छ।कोरोनाको कारण उच्च सतर्कता अपनाउदै बिबाह सप्पन्न गरिने भएको छ।रास्ट्रपति बिधा देवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलि उपस्थित हुने वाचा मुख्यमन्त्री राई लाई दिएका छन् ।





















