काठमाडौं ,१३ माघ । लायन्स क्लब अफ काठमाडौं महिमाले प्रथम स्थापना दिवस मनाउने भएको छ । माघ २२ गते बिहिवार ललितपुरको महालक्ष्मी स्थानमा प्रथम स्थापना दिवस मनाइने भएको हो ।
स्थापना दिवस को अवस्वरमा क्लब को तर्फबाट आर्थिक प्रतिबेदन,कार्यप्रगती बिबरणहरु प्रस्तुत गरिने र क्लब सग सहकार्य गर्नुहुने १३ वटा संघसंस्थाहरु लाइ सम्मान गरिने साथै ममोरन्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने क्लबको सहसचिव दाताराम कार्कीले जानकारी दिए ।
कार्यक्रममा सहभागीहुने प्रमुख अतिथी ,अतिथीहरु लगायत स्थानीय संघ सस्था लायन्स क्लबहरु लाई निमन्त्रणा गरि ,लायन्स सदस्यहरुको बाक्लो उपस्तिथि मा सहभागीहरु लाई चिया नास्ता साथै खानाको समेत ब्यवस्था गरिएको सहसचिव कार्कीले बताए ।
कार्यक्रमलाई भब्य र सब्य रुपमा सम्पन्न सम्पन्न गर्नको लागि वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङको सम्योजकत्वमा ९ सदस्यीय कार्यक्रम ब्यवस्थापन समिती गठन गरिएको महिमा क्लबबाट जानकारी प्राप्त भएको
छ ।



















