काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ५-० गाेल अन्तरले हराउँदै विराटनगरले पहिलो जित हात पारेकाे हो ।

विराटनगरका लागि कुसुम खड्काले ह्याट्रिक गरिन् भने अनु राई र सरिता शेर्पाले १-१ गाेल गरिन् । आजकाे जितसँगै विराटनगरले ३ खेलबाट ४ अंक जोडेको छ । यसअघि विराटनगरले वालिङ नगरपालिका स्याङ्जासँग बराबरी खेलेको थियाे भने सशस्त्र प्रहरीको एपीएफसँग हारेकाे थियाे ।

प्रतियाेगितामा दोस्रो हार ब्यहाेरेकाे चन्द्रपुरले यसअघि चौदण्डीगढी नगरपालिका उदयपुरलाई हराएकाे थियाे भने एपीएफसँग हारेको थियो ।