बिष्णु कार्की

बिराटचोक,१६ माघ । मोरंङको सुन्दरहरैचामा प्रदेश स्तरीय नकाउट फूटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा ९ स्थित झरना युवा क्लबको आयोजनमा २०७७ प्रथम १ नम्बर प्रदेश स्तरीय नकाउट फूटबल प्रतियोगिता हुने भएको हो ।

फागुन १ गते देखी ८ गते सम्म संचालन हुने सो प्रतियोगितामा प्रदेशका बिविन्न जिल्लाहरु बाट ८ ओटा टीम सहभागी हुने क्लबका अध्यक्ष प्रहलाद पाठकले बताए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख रुपैया सहित मेडल तथा ट्रफ़ी र उपबिजेता टीमलाई नगद पचास हजार मेडल ट्रफ़ी र म्यान अफ द मैच म्यान अफ द सेरिज बेस्ट गोल्कीपर बेस्ट डिफ़ेन्स बेस्ट फ़ॉर्वर्ड लाई पनी नगद र ट्रफ़ी प्रधान गरिने आयोजक ले बताएको छ। खेल सुन्दरहरैचा ९ स्थित इन्द्रपुर रंगशाला मा हुने भएको छ ।