पथरी शनिश्चरे, १६ माघ | मोरङको पथरी शनिश्चरेमा पनि मतदाता नामावली अद्यावधिक गर्ने कामका लागि आजबाट निवेदन लिने काम सुरु हुने भएको छ ।

नगर प्रमुख एवम् नगरपालिकाको मतदाता नामावली अद्यावधिक सम्बन्धी स्थानीय सहयोग समन्वय समिति मार्फत माघ १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा त्रुटी सच्याउन नगरमा रहेको सहायक नाम दर्ता अधिकारी समक्ष निवेदन दिने क्रम सुरु भएको हो ।

सो अवधिमा कसैको नामावली झुट्टा भए सो को विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भए एकस्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका र नागरिकता त्यागेकाहरुको मतदाता नामावलीबाट नाम हटाउने प्रक्रिया अघि बढाइने नगरका सहायक नाम दर्ता अधिकारी लुकनाथ पोखरेलले जनाउनु भयो ।

१८ देखि २० गतेसम्ममा त्रुटी सच्याउन, एकभन्दा बढी ठाउँमा नामावली भए एक ठाउँको हटाउन, मृत्यु भएका र बसाई सरी गएका, नागरिकता त्यागेकाहरुका सम्बन्धमा जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।