काठमाडौं । लायन्स क्लब अफ काठमाडौं महिमाको प्रथम चार्टर नाइट शुक्रबार सम्पन्न भएको छ । क्लबका चार्टर प्रेसिडेण्ट गणेश आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब अफ काठमाडौंका निवर्तमान डिस्ट्रिक गभर्नर मधुकर उपाध्याय र बिशेष अथितिहरु डिस्ट्रिक्ट सेक्रेटरी उक्तम झा, लायन्स क्लब अफ काठमाडौं फेलोसिपका प्रेसिडेण्ट कृष्णज्योति शाक्य थिए ।

कार्यक्रममा क्लबद्वारा प्रायोजित वर्षभरि गरिएका सामाजिक तथा मानवता सेवाका लागि मन,बचन र कर्मले साथ दिएका विभिन्न सहयोगी र सहकार्यका क्लबहरू, सहकारी संस्था, ड्राइभिङ्ग स्कुल तथा भिन्न तह र तप्काका ब्यक्तित्वहरुलाई लायन्स क्लब अफ काठमाडौं महिमाद्वारा कदर पत्र सहित सम्मानित गरिएको थियो । यस वर्ष उक्त महिमा क्लवले उत्कृष्ट समाज सेवा तथा मानविय सेवामा उत्कृष्ठ कर्म गरे बापत सम्मान स्वरूप इन्टरनेसनल प्रेसिडण्टको निजी पिनबाट क्लवका अध्यक्ष गणेश आचार्य सम्मानित भएका थिए ।

कार्यक्रम संचालन र व्यवस्थापन
कार्यक्रमको संचालन महिमा क्लवका सचिव गणेशबहादुर आचार्य र आमन्त्रित अथिति तथा उपस्थित महानुभावहरुलाई ठाकुरप्रसाद पोखरेलद्वारा स्वागत मन्तव्य र लायन्स क्लव स्थापनाको उद्देश्य माथि प्रकाश पारिएको थियो । क्लवका उपाध्यक्ष मीनबहादुर तामाङले कार्यक्रमको औचित्यको जानकारी दिए भने क्लवको वार्षिक प्रतिवेदन र आर्थिक हिसाव वारे क्रमशः क्लवका सहसचिव दाताराम कार्की र कोषाध्यक्ष निर्मल लामाले पढेर सुनाउँदा कार्यक्रम हलमा उपस्थित लायन्स सदस्यहरुले उत्साहका साथ उक्त प्रतिवेदनलाई ताली बजाएर अनुमोदन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मधुकर उपाध्यायद्वारा लायन्स सदस्यहरुलाई प्रमाणपत्र र अन्तर्राष्ट्रिय लायन्स संस्थाको लोगो अंकित पीन हस्तान्तरण गरिएको थियो भने महिमा क्लवद्धारा प्रमुख अथिति, बिशेष अतिथि ज्यूहरुलाई लायन्स लोगो अंकित मायाँको चिनो प्रदान गरिएको थियो।

झण्डा र राष्ट्रियताको सम्मान
अन्य कार्यक्रमहरुमा भन्दा लायन्स क्लबका कार्यक्रममा फरक यही पाइँदो रहेछ कि लायन्स क्लवद्धारा गरिने हरेक औपचारिक कार्यक्रमहरुमा लायन्स सदस्यहरु रहेको देश र राष्ट्रियताको सम्मान गर्ने, सम्बन्धित देशको राष्ट्रिय झण्डाको शिष्टता र महत्व, लायन्स सदस्यहरुले आफ्नो राज्य प्रतिको दायित्व र मानविय सेवामा समर्पित हुन अभिप्रेरित र आत्मा बोध गराउँने क्रम पहिलो स्टेजमा हुँने हुँदा यस कार्यक्रममा पनि सोही अनुरुप कार्यक्रम संचालन गरेको देखियो ।

आगामी कार्ययोजना र लक्ष्य उत्साहजनकः
हाल ३८ सदस्यहरु आबद्ध रहेको उक्त लायन्स क्लब अफ काठमाडौं महिमा निकट भविष्यमै ५० सदस्यीय पुर्याएर अघिल्लो वर्षकै झै समाजमा रहेका दीन दुःखीहरुलाई सक्दो साथ सहयोग गर्ने बचनबद्धता क्लवका अध्यक्ष आचार्यद्वारा आएको थियो । प्रमुख अथिति मधुकर उपाध्यायले
सम्पूर्ण लायन्स सदस्यहरूलाई हौसला प्रदान गर्दै “समाज सेवाको सन्देश सहित विश्व शान्तिको कामना लायन्स सदस्यहरुको प्रमुख उद्देश्य“ माथि प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा सभापति र प्रमुख अथितिको उपस्थितिमै बर्थ डे केक काटेर उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा लायन्स सदस्यहरु श्री पुरुषोत्तम तिमल्सिना, लायन्स रमा तिमल्सिना , लायन्स लिला देवि, लायन्स रीता आचार्य लगायत शतप्रतिशत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो । उज्यालो नेपालबाट



















