बिराटचोक,२९ माघ । मोरंङको सुन्दरहरैचामा हुन गइरहेको प्रदेश स्तरीय नकाउट फूटबल प्रतियोगिताको सम्पूर्ण तयारीको अन्तिम अवस्थामा पुगेको छ । भएको छ ।
सुन्दरहरैचामा फागुन १ गतेदेखि शुरु हुने प्रदेश स्तरीय नकाउट फूटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सुन्दरहरैचा ९ अवस्थित झरना युवा क्लवद्वारा पहिलो पटक हुन लागेको नकाउट फूटबल फुटबल प्रतियोगिता सबै तयारी पूरा भएको झरना युवा क्लवका अध्यक्ष प्रहलाद पाठकले जानकारी दिए।

फुटबल प्रतियोगिता सञ्चालन हुने खेल सुन्दरहरैचा ९ स्थित इन्द्रपुर रंगशाला खेल मैदानको व्यवस्थापन,मंच व्यवस्थापन,प्रवेश द्वार ,अस्थायी शौचालय,खेलाडी, प्रशिक्षक बस्ने स्थानलगायतका अन्य सम्पूर्ण कार्य सम्पन्न भएको उनले जानकारी दिए।

स्थानिय युवाहरुलाई खेलकुदको बिकास गरी आफ्नो ठाउ लाइ देस विदेशमा पहिचान गराउने उदेश्यका साथ हुने फूटबल प्रतियोगितालाइ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको अध्यक्ष पाठकले बताए । खेल अवधिभर एन्फा टिभि र अन्य नेपाली टेलिभिजन च्यानलले खेलको प्रत्यक्ष प्रसारण गरी विश्वभरका खेलप्रेमी दर्शकलाई देखाउने छन्। रङ्गशालामा गई करिब २० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गर्ने विश्वास व्यक्त गरे।
सो फुटबल प्रतियोगिता सञ्चालनले सुन्दरहरैचा र झरना क्लबको नाम देश विदेशमा चर्चा हुने दाबी गरिएको छ । प्रतियोगिताको प्रचारप्रसारका लागि मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका स्थानीय पत्रपत्रिका, एफएम, स्थानीय टेलिभिजन, अनलाइनबाट प्रचारप्रसार गरिनुका साथै रिक्सा, भ्यानबाट प्रतियोगताबारे सर्वसाधारणलाई जानकारी गराइने प्रचार बिभाग प्रमुख बिष्णु काकीले बताए ।
उनले सञ्चारकर्मीको सुविधा लागि प्रतियोगिता अवधिभर रङ्गशालामा वाइफाइसहित मिडिया सेन्टरको सुविधा उपलब्ध हुने बताए । रङ्गशालामा प्रतियोगिता अवधिभर चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइने र मेडिकल सपोर्ट एडभान्स स्पोर्टस युनिट र एडभान्स मल्टी स्पेसलिटी हस्पिटल दमकको सहयोग रहने क्लबका सदस्य दिवश थापाले बताए । प्रतियोगिता तथा खलाडीको सुरक्षाको व्यवस्था सुदृढ रहेको बताउँदै रङ्गशालामा स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा सुरक्षा प्रदान गराइने अध्यक्ष पाठकले जानकारी दिए।

प्रतियोगिता सञ्चालनका लागि पुर्वाञ्चल ल्युव आयलको मुख्य प्रायोजक रहेको र प्रायोजक स्थानीय जनचेतना सामुदायिक बन तथा आर.एनजी. ग्रुप रहेको छ त्यसैगरी सह प्रायोजकमा न्यानोकन इट्टा ,एच. बि. एच. शैलुन ,शिसा लाउन्ज बार,एबी ग्रुप,पाथिभरा कन्ट्रक्सन,प्लानेट फुटसल रहेका छन् । र नगरपालिकाले एक लाख पचास नगद आर्थिक सहयोग गर्ने कुरा पाठकले बताए ।
१ नम्बर प्रदेशका बिविन्न जिल्लाहरु बाट ८ ओटा टीम सहभागी हुने सो प्रतियोगिताको उदघाटन सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकालबाट हुने र समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको प्रमुख आथित्यता रहने छ । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख रुपैया सहित मेडल तथा ट्रफ़ी र उपबिजेता टीमलाई नगद पचास हजार मेडल ट्रफ़ी र म्यान अफ द मैच म्यान अफ द सेरिज बेस्ट गोल्कीपर बेस्ट डिफ़ेन्स बेस्ट फ़ॉर्वर्ड लाई पनी नगद र ट्रफ़ी प्रधान गरिने आयोजकले बताएको छ।
सो प्रतियोगितालाइ भब्य रुपमा सफल बनाउनको लागि खेल मैदान व्यवस्थापन दिवश थापा र अर्जुन थापाले गरेका छन्,भने आर्थिक व्यवस्थापन क्ल्वका सचिव नगेन्द्र भुजेल,त्यसैगरी स्वयम सेवक व्यवस्थापन राजन पाठक,कल्याण थापा, खेलाडी ,प्रशिक्षक, रेफ्री व्यवस्थापन भबिन जंग पाण्डे ,प्रचार प्रचार बिभाग प्रमुख बिष्णु कार्की ,मञ्च व्यवस्थापन जीवन निरौला ,पवन बस्नेत , आतिथ्य सत्कार निरु क्षेत्री , भगवती अर्याल,लागायले जिम्मेवारी लिएका छन ।




















