बिष्णु कार्की
मोरङ, ३० माघ । मोरङको सुन्दरहरैचामा प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उदघाटन भोलि हुनेभएको छ । दिउसो २ बजेबाट सुरु हुने सो खेलकुद प्रतियोगिताको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालद्वारा उदघाटन हुने भएको हो ।
सो फुटबल प्रतियोगितामा ८ ओटा टिमहरु बिच प्रतिस्पर्धा हुदैछ भने उदघाटन खेलमा सुनसरीका पञ्चायन क्लब र रास्ट्रीय जागृती फुटबल क्लब इटहरी बिच प्रतिस्पर्धा हुने भएको क्लबका अध्यक्ष प्रह्लाद पाठकले बताए ।
दैनिक ५ हजार भन्दा बढी दर्शकहरुको सहभागी हुने आयोजक सस्थाले जनाएको छ भने दर्शकहरुलाई कुनै शुल्क नलाग्ने अध्यक्ष पाठकले बताए ।
हेर्नुहोस खेल तालिका





















