बिष्णु कार्की

बिराटचोक,३ फागुन । मोरंङ को सुन्दरहरैचामा जारी प्रथम १ नम्बर प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको आजको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक झरना युबा क्लवले लेटांङ फुटबल क्लब लाई ७ गोलको बिरुद ८ गोल अंतरले पराजीत गरी आयोजक टीम सेमीफ़ाइनल मा प्रबेश गरेको छ। खेल को छैटौ मिनट मानै आयोजक झरना युबा क्लबका खेलाडी शिसिर लेखीले गोल गरेर टीमलाई अग्रता दिलाए पनी लेटाड्ग फुटबल क्लबका खेलाडी मिक्चेन तामाड्गले ३२ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

150174477_773334039950542_1457782326701565556_n

निर्धारीत समय सम्म पनी खेल १-१ को बराबरीमा टुंगीएपछि खेल सड एण्ड डेथमा पुगेको थियो । सड एण्ड डेथमा झरना युबा क्लबका खेलडीहरु निरज बस्नेत, साइमन्ड लिम्बु, निशान सुब्बा, दोर्जे लामा, मनोज राई, अशोक खवास, निशान लिम्बु, उमेस राईले गोल गर्न सफल भए भने पदम भट्टराई को गोल सेभ भएको थियो त्यस्तै लेटाङ फुटबल क्लबको तर्फबाट मिक्चल तामाड्ग, अभिषेक लिम्बु, एकराज बुढाथोकी, मनिश थापा, उमेश कार्की, शुसन तामाड्ग, किरण लिम्बुले गोल गर्न सफल भएका थिए भने राज कुमार कन्दड्गवा र सुभाष तामाड्गको गोल झरना युवा क्लबका गोलकीपर पूर्ण चेमज़ोंग ले सेभ गरेर टीम लाई जीत दिलाएका थिए र यसका साथै गोलकीपर पूर्ण चेमज़ोंग मैन ओफ द मैच घोषीत भएका थिए ।

 

150082249_246045680353023_5186472051044352839_n

झरना युबा क्लबको तर्फबाट पूर्ण चेम्जोड्ग - ८० + २ मिनेट र पदम भट्टराई ले पहेलो कार्ड खाए भने लेटांङ् फूटबल क्लबका मनिश थापा ६७ मिनेट ,अभिशेक लिम्बु ७७ मिनेट र एकराज बुढाथोकी ७८ मिनेट मा पहेलो कार्ड खाएका थिए । भोलि फागुन ४ गते चौथो क्वाटर फाइनल खेल धरान सिटि फुटबल एकेडमी सुनसरी र डागीहाट फुटबल क्लब बीच हुने छ।

150712497_3882346561846567_3251055271879620652_n