बिष्णु कार्की

बिराटचौक,४ फागुन । मोरङको सुन्दरहरैचामा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिता २०७७ को आजको चौथो क्वॉर्टरफ़ाइनल खेलमा डागिहाट फूटबल क्लबलाई पराजितगरि धरान सिटी फूटबल एकेडमी सेमिफाइनलमा प्रवेस गरेको छ ।

निर्धारित समय सम्म खेल १–१ को बराबरीमा टुंगिए पक्षी खेल टाइब्रेकरमा गएको थियो र पेनाल्टीमा धरान ले बाजी मारेको थियो । खेलको पहिलो हाफको ३६ औ मिनट मा नै डागिहाट का खेलाडी सुनील खड्का ले गोल गरी टीम लाई अग्रता दिलाए पनी दोश्रो हाल्फ़ को ६७ औ मिनट मा धरान का खेलाडी बिट्टु तामांग ले बराबरी गोल फर्काएका थिए । निर्धारित समय सम्म पनी दुबै तर्फ बाट गोल नभए पक्षी खेल ट्राईब्रेकर मा पुगेको थियो

पेनाल्टी शूटआऊटमा धरानको तर्फ बाट खेलाडी हरु बिबेक राई,बिबेक लिम्बू, बिट्टु तामांग र बिनोद राई ले गोल गर्न सफल भए भने डागिहाट को तर्फ बाट खेलाडी हरु सुनील खड्का र पूजन उपरकोटि ले गोल गर्न सफल भए भने कर्ण लिम्बू र बिबेक पौडेल को गोल धरान को गोल रक्षक बिनय श्रेस्ठ ले शेव गरेर टीम लाई जित दिलाउन सफल भए।

149324506_3010163435926749_5689939250526844958_n

पेनलनाटी शूटआऊट मा उतक्रिस्ट दुई गोल शेव गरी धरान लाई जित दिलाएका गोलरक्षक बिनय श्रेस्ठ मैन ओफ द मैच घोसीत भए र यसका साथै उनले रु २१०० र मेडल प्राप्त गरे ।

भोलि देखी प्रतियोगिता को सेमीफ़ाइनलका खेलहरु सुरु हुदै छ। भोलि हुने पहिलो सेमीफ़ाइनल खेल आयोजक झरना युवा क्लब र रस्ट्रिया जागृति क्लब इटहरि बीच हुदै छ ।