बिराटचोक,६ फागुन । मोरङको सुन्दरहरैचामा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिता २०७७ को आज भएको दोस्रो सेमी फाइनल खेलमा झापा फुटबल क्लब झापा लाई ट्राइबेकर मा २ को बिरुद्द ४ गोल ले पराजित गर्दै धरान सिटि फुटबल एकेडमी सुनसरी फाइनलमा प्रबेश गरेको छ ।
खेल को २३ औ मिनटमा नै झापा फुटबल क्लबको खेलाडी सरोज कार्कीले उतकृष्ट गोल गरेर टीमलाई अग्रता दिलाए पनी ३५ औ मिनट मानै धरानका खेलाडी बिनोद राईले गोल गरेर खेललाई बराबरी पुर्याएका थिए । त्यसपछि निर्धारित समय सम्म दुबै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो ।
ट्राईबेकरमा पेनालटी शूटआउटमा धरान सिटिबाट बिबेक राई, बिनोद राई, जोन टुलु, फोफोनाले गोल गर्न सफल भएका थिए भने झापा फूटबल क्लबबाट श्याम मुरमुर र सौरभ सुब्बाले गोल गर्न सफल भए भने अभिषेक गुरूङ र मौसम सुब्बाको गोल धरानको गोलकीपर बिनय श्रेष्ठले बचाउ गर्न सफल भएका थिए र यसका साथै पेनाल्टीमा २ सेव गर्न सफल गोलकीपर बिनय श्रेष्ठ आजको खेलको मैन ओफ द मैच घोषीत भएका थिए र उनले रु २१०० र मेडल प्राप्त गरेका थिए ।
आजको बिजेता धरान सिटी फूटबल एकेडमी संग भोलि हुने फ़ाइनल खेलमा आयोजक झरना युवा क्लबसंग प्रतिस्पर्धा हुने भएको छ । झरना युवा क्लबले आयोजना गरेको खेलमा प्रथम हुनेले रु १,०१,१११ र दोश्रो हुनेले रु ५१,१५१ प्राप्त गर्ने छन। भोलि को समापन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई प्रमुख आतिथ्य रहने क्लबका अध्यक्ष्य प्रहलाद पाठकले बताए ।





















