बिराटचोक,७ फागुन । मोरङको सुन्दरहरैचामा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको मुख्य आतिथ्यमा सम्पन्न हुने भएको छ । गत फागुन १ गते बाट शुरु भएको सो प्रतियोगिताको आज फागुन ७ गते समापन हुदैछ ।
सुन्दरहरैचा ९ स्थित इन्द्रपुर रङ्गशालामा दिउसो १ बजेबाट शुरुहुने समापन कार्यक्रम हुदै फाइनल खेलमा आयोजक टिम झरना युवा क्लब र धरान सिटि फुटबल एकेडमी सुनसरी बिच प्रतिस्पर्धा हुदैछ । बिजेता तथा उपविजेता टिमलाई मुख्यमन्त्री राइको हातबाट पुरस्कारहरु वितरण गरिने क्लबका अध्यक्ष्य प्रहलाद पाठकले बताए । सो प्रतियोगितामा बिजेता टिमले रु १,०१,१११ र उपविजेता हुनेले रु ५१,१५१ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन।
छोटो अवधिमै सामाजिक क्षेत्रमा चर्चाकमाउन थालेको झरना युवा क्लबले यो फुटबल प्रतियोगिता पहिलो पल्ट गरिरहेको भए पनि भब्य र सब्यरुपमा सम्पन गराउन स्थानीय युवाहरु नयाँ जोशका साथ लागिपरेका छन ।
प्रतियोगिता सञ्चालनका लागि पुर्वाञ्चल ल्युव आयलको मुख्य प्रायोजक रहेको र प्रायोजक स्थानीय जनचेतना सामुदायिक बन तथा आर.एनजी. ग्रुप रहेको छ त्यसैगरी सह प्रायोजकमा न्यानोकन इट्टा ,एच. बि. एच. शैलुन ,शिसा लाउन्ज बार,एबी ग्रुप,पाथिभरा कन्ट्रक्सन,प्लानेट फुटसल रहेका छन् । र नगरपालिकाले एक लाख पचास नगद आर्थिक सहयोग गर्ने कुरा क्लबका अध्यक्ष्य पाठकले बताए ।




















