संखुवासभा : तास खेलिरहेको अवस्थामा बिहीबार पक्राउ परेका ९ जनालाई १० म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीले पोषराज पोखरेलको घरमा तास खेलिरहेको पक्राउ गरेको थियो। 

गोप्य सूचनाको आधारमा प्रहरी घर धनी पोषराज पोखरेल सहित ९ जनालाई पक्राउ गरेको थियो। प्रहरीले तासको खाल बाट ७० हजार ६ सय ४० रुपैयाँ र एक बोरा तास र एक थान खुकुरीसमेत बरामद गरेको बताइएको छ।