बिराटचोक,७ फागुन । मोरङको सुन्दरहरैचामा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिता २०७७ मा आज भएको फ़ाइनल खेलमा आयोजक टिम झरना युवा क्लब बिजयी भएको छ । सुन्दरहरैचा ९ स्थीत रहेको इन्द्रपुर रंगशालामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको शुक्रवार झरना युवा क्लव बिराटचोक र धरान सिटि फुटवल एकेडेमि बिच भएको फाईनल खेलमा झरनाले उपाभि चुम्न सफल भएको हो ।धरानको सिटी फूटबल एकेडेमी लाई सडन डेथ मा हराऊँदै आयोजक टीमले उपाधी चुमेको छ ।
खेलको ६७ औ मिनटमा धरानका खेलाडी तपन कार्कीले गोल गरेर टीम लाई अग्रता दिलाए पनी धरानको खुसी सेलाऊन नपाऊदै ७४ औ मिनेटमा आयोजक टीमका खेलाडी बिजय भूजेलले बराबरी गोल फर्काएका थिए। निर्धारित समय सम्म नी दुबै तर्फबाट गोल नभए पछि खेल ट्राईब्रेकरमा गएको थियो ।पेनाल्टी शूटआउट मा पनि बराबरी भए पछि खेल सडन डेथमा पुगेको थियो सडन डेथमा झरना को गोलकीपर पूर्ण चेम्जोङ्ग ले उत्क्रिसट सेव गरेपक्षि आयोजक टोली बिजय बनेको हो ।
झरना युबा क्लब झरना यूथ क्लबको तर्फबाट खेलाडीहरु निरज बस्नेत, साइमन्ड लिम्बु, निशान लिम्बु, अशोक खवास, मनोज राई ले गोल गर्न सफल भए भने निशान सुब्बाको गोल सेभ भए को थियो र दोर्जे तामाड्ग को गोल पोस्ट बाहिर गएको थियो त्यस्तै धरान सिटि फूटबल एकेडेमीबाट बिबेक राई, बिनोद राई, बिष्णु सुनुवार, फोफोना फेड्रे को गोलले जाली चूमेको थियो भने फोफोना इब्राहिम र सहिद को गोल पोस्ट बाहिर गएको थियो र मंदिप चाम्लिड्ग को गोल सेभ भएको थियो।
झरना युवा क्लबले आजको जित संगै रु १,०,११११ मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्यो र उपबिजेता धरान ले रु ५१,१५१ मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको थियो । फ़ाइनल खेलको मैन ओफ द मैच मनोज राई त्यस्तै मैन ओफ द सिरीज़ अशोक खवास, बेस्ट गोलकीपर पूर्ण चेमज़ोंग,बेस्ट डिफ़ेन्स बिष्णु सुनवार, बेस्ट मिल्डफ़िल्डर दोर्जे तामांग, हाई स्कोरर बिजय भूजेल ,बेस्ट स्ट्राइकर निसान लिम्बू, बेस्ट कोच झरना को तिलक पूरी, राईजिंग प्लयेर अजहर अली घोषीत भए ।
आज भएको फाइनल खेलका बिजेता टिमलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईको हात बाट पुरस्कार बितरण गरिएको थियो । क्लबका अध्यक्ष्य प्रहलाद पाठकको अध्यक्ष्यतामा भएको समापन कार्यक्रममा स्वागत मन्तब्य क्लब को सचिब नगेन्द्र भूजेलले गरेका थिए । फाल्गुन १ गते देखी संचालन भएको खेल भब्यरुपमा सम्पन्न भएको आयोजकले बताएको छ ।




















