लियोनल मेसीले दुई गोल गरेको खेलमा अर्जेन्टिनाले निकारागुआमाथि ५–१ को प्रभावसाली जित निकालेको छ। मैत्रिपूर्ण खेलअन्तर्गत अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा जित निकाल्यो। कोपा अमेरिकाको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा लियोनल मेसीले दुई मिनेटको अन्तरमा दुई गोल संभव बनाए। उनले सुरुवातमै अर्जेन्टिनालाई गतिलो सुरुवात दिए। लुटारो मार्टिनेजले समेत अर्जेन्टिनाका लागि थप दुई गोल गरे।
३७ औँ मिनेटमा पहिलो गोल गरेका मेसीलेलगत्तै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाएका थिए। ६३ औ मिनेटमा मार्टिनेजले अर्जेन्टिनाकालागि तेस्रो गोल थपे। ७३ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीलाई ४–० को स्थितिमा पुर्याएका थिए।
८१ औँ मिनेटमा पेरेयराले अर्जेन्टिनाका लागि पाँचौ गोल गरेका थिए। दोस्रो हाफको ईन्जुरी समयमा निकारागुआका बरेराले एक गोल फर्काउँदै हार अन्तर घटाउने प्रयास गरे। कोपा अमेरिका कपको संघारमा अर्जेन्टिनाले मैत्रीपूर्ण म्याच खेलेको हो।




















