मन्त्रीहरुले आफ्नो निवास आफैँ बढारेका छन्।आइतबार बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा मन्त्रीहरुले बढारेका हुन्।
विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मन्त्री निवासमा सरसफाई कार्यक्रम गरिएको हो।
सरसफाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत सहभागी थिए।


