काठमाडौं,१३ चैत्र । लायन्स क्लब अफ काठमाडौं महिमा र महानगरीय ट्राफिक प्रहरि परिसर सातदोबाटो ,लायन्स क्लब अफ काठमाडौं फेलोशिप ,आचार्य बधु समाज,सेभेन स्टृट क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।

161712928_489866915358498_7757507733659881212_n

ललितपुरको सातदोबाटो चोकमा आउदो चैत्र १४ गते सनिबार ११ बजेबाट नेपाल रेडक्रस सोसाइटी को सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो । उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्नको लागि महिमा क्लबका सहसचीव दाताराम कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम तयारी समिती गठनगरि कार्यक्रममा कम्तिमा ५० प्रीन्ट ब्लड सङ्कलन गर्ने लक्ष्यका साथ कार्यक्रम लाई भब्य रुपमा सम्पन्न हुने जानकारी क्लबका कोषाध्यक्ष निर्मल लामाले बताउनु भयो ।

लायन्स क्लब अफ काठमाडौं महिमा र अन्य सहयोगी संस्थाहरु संग हातेमालोगर्दै यो चैत्र महिनामा मात्रै दोलखाको बिगु गाउँ पालिका वडा न ५ र धादिङ को थाक्रे गाउपालिका वडा न ८ मा, साथै ललितपुर महानगर २८ स्थित हरिसिद्धीका कक्षा ५ सम्मका जेहेन्दार,आर्थिक अवस्था कमजोर भएका,ज्याला मजदुरी गर्ने अभिभावकका बच्चाहरु लाई सम्बन्धित बिद्यालय तथा क्षेत्रमा गइ लायन्स लिडरहरुको उपस्थितिमा र स्थानीय निकायका प्रमुख ,वडा अध्यक्ष, बिद्यालय ब्यवस्थापन समिती, प्र.अ. हरु को प्र्मुख आतिथ्यमा र विभिन्न सामाजिक ब्याक्तित्वहरु को उपस्थितिमा ( मेरो ब्याग मेरो साथी ) कार्यक्रम को आयोजना गरि २२० वटा ब्याग तथा स्टेसनरी सामाग्रीहरु वितरण गरिसकिएको र यो चैत्र महिना को अन्तिम मा रामेछाप जिल्लाको दुर्गम क्षेत्रहरुमा बिद्यालयका विद्यार्थीहरु लाई समेत ब्याग तथा स्टेसनरी सामाग्री बितरण , स्वास्थ्य सिबिरको समेत आयोजना गरि स्वास्थयको क्षेत्रमा समेत सबै को पौच पुग्ने गरि कार्यक्रम हरुको आयोजना गरि क्लबलाई अगाडि बधाउदै जाने कुरा अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भयो ।