पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा सामान्य होसियारी अपनाउँन नसक्दा २ बालिकाको अकालमा ज्यान गएको छ । त्यहाँ खान नहुने भन्ने होसियारी नअपनाई जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन्। उनीहरु दिदीबहिनी हुन्। पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन्।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए। बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन्।

उनीहरु चार परिवारका सदस्य हुन्। बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन्। वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो। बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

यो समय धेरै नेपाली जंगली च्याउका कारण मृत्युबरण गरिरहेका छन् । जंगलका सबै च्याउ खान योग्य हुँदैनन् भन्ने सचेतनाको सन्देश दिन जरुरी छ । अकालको मृत्युवरण रोक्न यो सन्देश देख्नेजतिले सेयर गरिदिनुहोला ।