पथरी शनिश्चरे, २४ वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद खरेलको बहाली भएको छ ।

रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा आज बहाली हुनु भएका खरेललाइ निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्लेको अगुवाइमा कार्यालयमा स्वागत गरिएको छ ।

२०५७ सालमा नायव सुब्बाबाट सेवा प्रवेश गर्नु भएका खरेल जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला मालपोत कार्यालय झापामा कार्यरत रहदा उपसचिवमा बढुवा भएपछि पथरी शनिश्चरेमा कार्यालय प्रमुखका रूपमा उहाँको बहाली भएको हो । उहाँले इमान्दारितापुर्वक जनताको सेवामा आफुलाइ समर्पित गर्ने बताउनु भयो ।