राजनीतिक,समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा (एमाले) का युवा नेता दामोदर अर्यालले सरकारले अध्यादेश मार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटलाइ उटपट्याङ्ग बजेट आएको बताएका छन ।
१ ) मान्छेहरु रोजगारीका लागि बिदेशिएका छ्न ।उनिहरुलाई मुलुकभित्रै रोक्न लाखाै राेजगारि सृजना गर्नुछ । यसका लागि बजेटले के बोल्यो त ?
२) प्रत्येक नेपालिको एउटा टाउकाे बराबर करिब ५३ हजार वैदेशिक ऋण छ । त्यो ऋणलाई घटाउने के कार्यक्रम आयो ? बरु ऋणम कृत्वा घृतम पिवेत जस्तो बजेट आएको होइन र ?
३) प्रत्येक घरमा बृद्ध बा आमाहरु आफ्नो हजार रुपैयाँ बृद्धभत्ता बढनु भन्दा छोरा नातिलाई स्वदेशमै रोजगारी होस भन्ने चाहान्छ्न । सत्य यो होइन र ?
४) प्रधानमन्त्री रोजगार कार्यक्रम बिगत देखि नै संचालित कार्यक्रम हो । र यसले सत्ता नजिक लम्पट कार्यकर्तालाई पाल्ने भन्दा केही काम गर्न सकेको छैन । यो कार्यक्रमबाट बिगतमा देखाउन मिल्ने कुनै काम भएको छ ? र अब हुने आश गर्न सकिन्छ ?
४) १६ बर्ष पुग्ने बित्तिकै ल्यापटप किन्न सरकारले ऋण दिने भएको छ,२ बर्षमा तिर्ने गरि । उ १८ बर्षको पुग्दा उसले त्यो पैसा कसरी फिर्ता गर्न सक्छ ? कि रोजगारीको ग्यारेन्टी गर्न खोजिएको हो ? होइन भने प्रत्येक परिवारलाई ऋणको अनावश्यक बोझ होइन ? फेरि प्रत्येक १६ बर्षको लाई ल्यापटप अनिबार्य चाहिन्छ ? यो फजुल खर्चका लागि ब्यक्तिलाई राज्यले प्रोत्साहित गरेको ठहरिदैन ?
५) शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने ब्यबस्था नयाँ होइन । पहिला ७ लाख थियो,अहिले २५ लाख पुर्याईएको छ । बिगतमा यो ब्यबस्था अन्तर्गत कतिजनाले ऋण पाए ? सरकार भन्न सक्छ ? दिदै नदिने ऋण बजेटमा राखेर कसलाई मूर्ख बनाउन खोजेको हो ?
६) ब्याट्रिबाट चल्ने कारका लागि दिने भन्सार छुट,अन्तशुल्क छुट, सडक कर छुट आदि जस्ता सहुलियतहरुबाट आम मानिसहरु लाभान्वित हुन्छ्न कि केही सिमित धनाढ्यहरु ?
७) किसानका उत्पादनहरु सरकारले अनिबार्य किन्ने ब्यबस्था गर्नुपर्ने माग बिगत देखि निरन्तर उठिरहेकाे छ । यसतर्फ यो बजेटले केही बोल्यो ?
८) नेपालको प्रमुख समस्या भ्रष्टाचार हो । यसको न्यूनीकरणका लागि बजेटले के कार्यक्रम प्रस्तुत गर्यो ?
९) २० युनिटसम्म बिजुली बाल्नेलाई शुल्क छुट / नेपालमा कुन यस्तो परिवार होला जस्ले २० युनिटभन्दा कम बिजुली खपत गर्छ ?
१०) पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचारमा छुट ! स्वास्थ स्वयंसेवक, निजामती कर्मचारीलाई तलब वृद्धि ! जस्ता झिना मसिना कार्यक्रमलाई युगान्तकारी परिवर्तन भन्न सकिन्छ ?
११) समाजबादकाे जग स्थापना गर्न बास्तविकतामा अधारित हुन सक्ने र गर्नैपर्ने खालको कार्यक्रम आउनुपर्थ्यो । त्यो आउन सकेन । आम मानिस निराश छ्न भने साईबर स्यालहरु दङ्ग छ्न । समग्रमा यो बजेट "मामाजी" जस्तै उटपट्याङ्ग र हावादारी छ ।




















