एकादेशको एउटा परिवारमा अन्नको सह थिएन ।वर्ष दिनलाई हिसाब गर्यो ।तीन महिना मै सकिएर अनिकाल लाग्थ्यो ।खर्च पनि त्यसरी नै सकिन्थ्यो ।अभावैअभावले ग्रस्त परिवार थियोे । छोराहरूको आपसमा सधैं झगडा छ।बुहारीहरुको झन ठूलो झगडा छ।जुन बुहारी भान्से लाग्छे उसका छोराछोरीले मात्र खान पाउँथे ।
अरुका छोराछोरी भोकभोकै पर्थे। भात त सबैको साझा कमाइले पाक्थ्यो तर भान्सेको मनपरि तन्त्र थियो ।भान्सेले आफ्नो निजी कमाइ सम्झनथे।बुहारीका माइतीहरु आइरहन्थे र बारंबार थर्काइ रहन्थे।छिमेकीहरु पनि कहिले कसलाई उराली दिन्थे ।अर्कोलाई थचारी दिन्थे ।त्यस बापत आफ्नो निजी स्वार्थ सिद्ध गर्थे । साँध सिमाना र अंसबन्डामा सधैं झगडा पर्थ्यो।भात जसले पकाएपनि बलियो नै अगाडि सरेर बाँड्दा मनपरि गर्थ्यो। अरुत टुलुटुलु हेर्न र मुख चलाउन बाहेक केही गर्न सक्दैन थिए।
घरमुली बाले सबै दोष छिमेकीहरुको देखे तर चुइक्क बोल्न सक्दैन थे।घरभित्रै झगडा भएपछि बाहिर बोल्ने कसको हिम्मत हुन्छ र?छिमेकी सबैलाई बेठीक देखे ।आफू र आफ्नो परिवारलाई ठीक देखे।बाले उपाय त धेरै थोकको खोजे पत्तो लागेन सीप पनि चलेन।अन्तिम अवस्थामा पुनेपछि देवीदेवता गुहारे पत्ता लागेन। अबभने टीपचिना बोकेर ज्योतिषी कहाँ गएर, बेलीबिस्तार सबै सुनाए । ज्योतिषीले बुढाको बेलिबिस्तार सुनिसकेपछी टीपचिना खोलेर हेर्नथाले
बुढा : कसरी मेरो शत्रु मै भित्र छ ?
ज्योतिषी : लोभ,पक्षपात र डर नै तपाईंका शत्रु हुन। पहिले आफैले निकालेर फाल्नुहोस। परिवारका प्रत्येक सदस्यहरुसंग सामुहिक छलफल गर्नुहोस् । यिनै लोभ पक्षपात र डरका कारणले नै अनिकाल लागेको हो र झगडा पनि ।
सामुहिक स्वार्थ देख्नु भएन ।ब्यक्तिगत स्वार्थले यस्तै अनिकाल र झगडा मात्र ल्याउँछ। सामुहिक स्वार्थको बत्ती मनमा बाल्नुहोस।सबै परिवार मिलेर छ्लफल गरेर निष्कर्ष निकालेर ईमानदार पूर्वक काम गर्नुभयो भने र परिवार मिल्नु भयोभने अहिले जोजो छिमेकीहरु शत्रु भएका छ्न ती सबै असल मित्रमा परिणत हुने छ्न। तपाईहरुले निम्तो दिएर झगडा मिलाउन बोलाउनु भयो।खुसुखुसु आफ्ना घरभित्रका गोप्य कुरा सुनाउनु भयो। अनि छिमेकीलाई शत्रु भन्न मिल्छ? पहिले आफूआफू र परिवार मिलेर हेर्नुहोस। सकेसम्म आफ्नो समस्या आफैभित्र मिलाउनुहोस।आफ्ना घरभित्र राखेका चामल चोरेर छिमेकी कहाँ लगेर लुकाउनु हुन्छ अनि छिमेकीले चामल चोरे भनेर आरोप लगाउदा को बदमाश ठहर्छ ???लौ बा!
आफ्नो परिवार मिलेर बस्न सके सबै ग्रहहरु ठीक छ्न नत्र त तपाइका छिमेकी मात्र होइन सम्धीहरु पनि शत्रु बन्ने ग्रहको योग परेको छ।
सुन्नेलाइ सुनको माला भन्नेलाई फूलको माला!
आफ्ना कुरा भए टिप्पणीमा थप्नुहोला!!!
नमस्कार !धन्यवाद !!




















