पोखरा,१३ असार । गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा आजदेखि खुलेको छ। कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा आजबाट पूर्णरुपमा खुलेको हो।
निषेधाज्ञा खुल्ला भएसँगै महानगरपालिकाको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ। महानगर भित्रका ३३ वटै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्ने भएका हुन्। यद्यपी, सार्वजनिक सवारीहरु भने बन्द छ।


