राष्ट्रीय सभाकी सांसद तथा गायिका कोमल ओलीले मंगलबार राष्ट्रीय सभामा बाचन गरेको कवितालाई ब्याग्य गर्दै राजनीतिक,समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा (एमाले) का युवा नेता दामोदर अर्यालले कबिता प्रस्तुत गरेका छन् ।
हाे नानि !
तिमिले ठिकै भन्यौ,
"क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बादरहरुको निश्चित परिवेश हुदैन"
त्यसैले त !
तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ,
हो नानी !
तिमिले ठिकै भन्यौ,
"बादरहरुको निश्चित भेष हुदैन"
त्यसैले त !
तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन ।
हो नानी !
तिमिले ठिकै भन्यौ,
"बादरहरु खेती गर्दैनन् "
त्यसैले त !
तिमिले अर्काले बनाएको घरमा ढलिमलि गर्न पाएकी छौ ।
हो नानी !
तिमिले ठिकै भन्यौ,
"कर्मको कुटाे नलगाउने ती बादरहरु"
त्यसैले त !
तिमी दरवारमा नाचगान गरिरहदा ती बादरहरु जनताको घरझुपडीहरुमा चेतनाको दियो बाल्दै हिडथे ।
हो नानी !
तिमिले ठिकै भन्यौ,
ती सङ्गठन बनाउनेहरु बादरै हुन ।
तिम्रो पो घरजम छ र ! ती त बेवारिसे हुन ।
हो नानी !
तिमिले ठिकै भन्यौ ।



















