काठमाडौं,२२ असार । सरकारमा हुँदा विवादै विवादमा परेका ईश्वर पोखरेलको चलखेल सरकारबाट बाहिरिएपछि पनि रोकिएको छैन । सुरुमा ओम्नीसँगको साँठगाँठ र पछि नेपाली सेनामार्फत स्वास्थ्य सामाग्री खरिद गरी कमिसनका कारण विवादमा तानिएका उनी अहिले पनि स्वास्थ्य क्षेत्रका ठेक्काहरुमा सक्रिय छन् ।

कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको ठेक्कामा उनकै चलखेल रहेको प्रष्ट भएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमसँग मिलेर उनले चलखेल जारी राखेका छन् । जसअनुसार करिब १५ करोड रुपैयाँको ठेक्का म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिलाई दिलाइएको छ । भेन्टिलेटर र प्यासेन्ट मोनिटर ठेक्का पोखरेल र डा गौतमका निकट सुन्दर भुसाललाई दिइएको छ । स्पेसिफिकेसन नै सो कम्पनीलाई मिल्नेगरी बनाएर ठेक्कामा अनियमितता भएको स्रोतले जानकारी दिएको हो ।

यसअघि स्वास्थ्यसम्बन्धि खासै काम नगरेको म्याक्सिमलाई एकै पटक १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका दिइएको छ । त्यस्तै, दुई करोड ७६ लाखको प्यासेन्ट मोनिटर खरिदको ठेक्का समेत सोही कम्पनीलाई दिइएको छ ।दृष्टि बाट

https://www.drishtinews.com/archives/93199?