✍️ देउजा राधाकृष्ण 

नेकपा एमालेमा विधि पद्दतिको पालनाको अनिवार्य आवश्यकताको सत्यलाइ जवर्जस्त उठान गर्दै सहि विचारको लागि डटेर लडदै रहनु भएका वरिष्ठ नेता माधव नेपाल र आफ्नै गौरवपूर्ण इतिहासमा समेत प्रश्न उठने गरि अनेकन असंवैधानिक अलोकतान्त्रिक हर्कत गर्ने प्रधानमन्त्री अनि अवैधानिक , असहिष्णु काम गर्ने अध्यक्षको परिचय बनाउन पुग्नु भएका अध्यक्ष केपी ओलीको विचमा भेट भएको छ, भेटघाटले तत्काल केहि परिणाम ननिकालेको भएपनि सम्भावना सकिएको छैन ।

स्वाभाविक छ समग्र एमाले पंक्ति मुद्दाको हिसावले माधव नेपालको साथ छ भने पार्टी अध्यक्ष भएकोले नेतृत्व रक्षाको सिद्धान्त मान्ने केहि केपी ओली संग छन , समग्रमा भन्दा एमालेको नेता कार्यकर्ता एमालेको पक्षमा छन । आशा गरौँ एमालेको अध्यक्ष हुनुको नाताले केपी ओलीले नेता कार्यकर्ताको भावना अनुसार एकताको सार्थक प्रयत्न गर्नु हुनेछ । मन छोएर भन्ने सबैले मान्नै पर्छ कि एकताको हलो अडकेको केपी ओलीकै कारण हो , माधव नेपालहरुले भनेको त केवल देशलाइ संविधान अनुसार पार्टीलाइ विधान अनुसार चलाउनुस न हो ।