काठमाडौं । खानेपानी मन्त्री बिना मगरले धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको चैनपुरमा सम्पन्न भएको चैनपुर खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आज मन्त्री मगरले धादिङको सदरमुकाम धादिङबेसीबाट १९ किलोमिटर उत्तरमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । उक्त खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भउकोमा खुसी व्यक्त गर्नुभयो ।
आयोजनाको उद्घाटन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘हेर्दा सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको आयोजना हो । यो आयोजना बन्नुपूर्व यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्नैमा बित्थ्यो । अब त्यो परिस्थितिको अन्त्य भएको छ । हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बोक्नैका लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं ।’
सरकारले तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको समेत्त मन्त्री मगरले स्मरण गर्नुभयो । खानेपानीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुने उहाँको बुझाई रहेको छ ।
पानी बोक्न समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन नसकेको भन्दै अब त्यो समस्या अन्त्य हुने जानकारी दिनुभयो । खानेपानी लगायतका समस्या अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिने भन्दै आगामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई शुद्द खानेपानी सरकारले वितरण गर्ने उहाँले बताउनुभयो ।
विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन् । यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।
फोकस नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको यो आयोजना वि.सं २०७१ बाट प्रारम्भ भएको हो । १ करोड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन् । आयोजनाले उत्तरी धादिङका हजारौं नागरिक लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताउनुभयो ।