✍️ राधाकृष्ण  देउजा

नेकपा एमाले लोकतन्त्र प्रति प्रतिवद्ध , संवैधानिक सर्वोच्चता सहितको कानुनी राजको सिद्धान्त प्रति कटिवद्ध र देश र जनताको हितमा सम्झौता नगर्नमा दृढहरुको वाहुल्यता रहेको पार्टी हो । हो आज दम्भ , अहंकार र सत्ता उन्मादमा मात्तिएकाहरुको गलत सल्लाहको सुनुवाई गर्नेहरुको हालीमुहाली भएकोले एमालेको असली परिचय धमिलो भएको छ तर लाग्दैछ कि एकताको निरन्तरको प्रयासले सार्थकता पाउने र एमाले आफ्नो लयमा फर्कने छ ।

स्वाभाविक छ त्यसो हुन नेकपा एमालेलाइ विधि पद्दति अनुसार चलाउनु पर्छ भन्ने विषयमा दृढ रहँदै आउनु भएको वरिष्ठ नेता माधव नेपाल र त्यस जायज मागलाइ अनेकन उपमा दिँदै अस्वीकार गर्दै आउनु भएका अध्यक्ष केपी ओलीको विचमै सहमति हुनुपर्छ नै र एकता हुने हो भने वहाँहरु दुईकै सहमतिमा हुने हो । त्यसैले कतिपयलाइ लागिरहेको छ कि एमाले एकताको खातिर के कस्तो सहमति होला ? तर साँचो अर्थमा यो सवाल अर्थहीन छ किन भने एमाले एकता त एमालेको जगको सम्मानमा आधारित हुन्छ र त्यो भनेको फेरी पनि लोकतन्त्र , संवैधानिक सर्वोच्चता सहितको कानुनि शासन प्रतिको इमान्दार प्रतिवद्धता र अन्तर पार्टीमा महाधिवेशनले पास गरेको नीति , सिद्धान्त अनि निर्वाचित समग्र नेतृत्व पंक्तिको एकतावद्ध क्रियाशीलता हो ।

त्यसैले सबैले बुझे हुन्छ कि एमाले एकता पद वा यस्तै केहिको बाँडफाँडमा केन्द्रित भएर पनि हुनेछैन अनि अदालतमा विचाराधीन मुद्दालाइ प्रभाव पार्ने ढंगको गतिविधि गर्ने हिसाबले पनि हुनेछैन । एमाले एकता हुन्छ र हुनुपर्छ तर त्यो एकता एमालेको इतिहासलाइ गिज्याउने , एमालेको जगलाइ कम्जोर पार्ने गरेर हुनेछैन बरु संवाद , सहमति सहकार्यको आफ्नो गर्विलो विगतको निरन्तरताको रुपमा हुनेछ । त्यसो हुँदा कमरेड केपी ओलीको विगतको गर्विलो व्यक्तित्वको निरन्तरता हुनेछ भने माधव नेपाल सदाझैं नीति सिद्धान्तमा प्रष्ट , लोकतन्त्र र संवैधानिक सर्वोच्चता सहित कानुनि शासनको रक्षा प्रति दृढ र आफुले बनाएको , चुनौतीको समयमा टिकाएको एमाले एकता प्रति प्रतिवद्ध रहेको सुपष्ट हुनेछ ।