लेटाङ, १ साउन । लेटाङमा स्कार्पियो पिकअप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ कमलपुरको घुम्तिमा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित धरानकी प्रतिमा ढकाल, कदमगाछिकी मिरा आचार्य र मोरङ बुढी गंगाकी रश्मि कोईराला घाईते भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
कानेपोखरीबाट लेटाङतर्फ आउदै गरेको प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको स्कार्पियो पिकअप विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर बिहीबार राति दुर्घटना भएको जनाइएको छ ।


