काठमाडौं, ३ साउन । नेकपा एमाले माधव पक्षका प्रभावशाली युवा नेता रामप्रसाद रिजालले आज संसदमा प्रधानमंत्री शेर बहादुर देउवालाई विश्वासको मत नेपाल- खनाल पक्ष सांसदले दिएर संसद बचाउने संचारक्रमी सग कुराकानीमा बताएका छन ।

अहिले सबैभन्दा ठूलो आवश्यकता संघीय लोकतांत्रिक व्यवस्थालाई जोगाउन भएकोले संसदको हत्या हुनबाट जोगाउन पार्टी भन्दा माथि उठेर प्रधानमंत्री को पक्षमा मतदान गर्नुपर्ने रिजालको भनाई छ ।

ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले अस्वस्थ ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टी लाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टी लाई अपील समेत गरेका छन ।

कांग्रेस सभापति शेर बहादुर देउवा को लोकतांत्रिक गठवन्धन को सरकारलाई विश्वास को मत दिएर संसद संविधान र लोकतंत्र बचाउने कुरामा कम्युनिस्ट आंदोलन का महानायक नेता नेपाल संग शंका नगर्न प्रधानमंत्री देउवालाई रिजालले भनेका छन ।