काठमाडौं, ३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा ओली पक्षका केही सांसदले पक्षमा मत दिएका हुन्। ओली पक्षका सांसदहरु प्रेम आले, किसान श्रेष्ठ, धन बहादुर बुढाले देउवाको पक्षमा मत दिएका हुन्।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए।