इटहरी । सुनसरी इटहरीकी एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । इटहरी १५ की ३५ बर्षिय बिन्दा चौधरीले एकै पटक तीन छोरा जन्माएकी हुन । बिन्दाले आईतबार घरमै १ छोरालाई जन्म दिएकी थिईन । घरमा १ छोरा जन्मे पछि उनको स्वास्थ्थमा समस्था देखिएछि विराटनगरको टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुगेपछि बिन्दाले थप दुई वटा छोरालाई जन्म दिएकी थिईन ।

सामान्य प्रसूतिबाटै बच्चा जन्मिएको परिवार स्रोतले जनाएको छ । बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको कारण घर हस्पिटलबाट बिन्दालाई डिस्चार्ज गरिएको छ । एकै पटक तीन छोरालाई जन्म दिएकी बिन्दाले आफु खुसी भएको बताईन । एकै पटक तीन छोरा जन्माए यो भन्दा अगाडी पहिलो सन्तान पनि छोरानै छ खुसी हुदै उनले भनिन् । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सन्तान हुर्काउँन भने गाहे हुने उनको दुखेसो थियो ।

बिन्दाको श्रीमान गौतम चौधरी घर निमार्णको मजदुरी काम गदै आएका छन । थोरै आयस्रोत्र हुदा परिवार पाल्न भने समस्या भईरहेको गौतम बताउँछन । घरमा एकै चोटी तीन छोरा जन्मदा खुसी भएको भए पनि कसरी पालन पोषन गर्ने भन्ने विषयमा भने चिन्तित भएको बताए ।