कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा २००६ साल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान् नेता माक्सथा एङ्गेल्सद्वारा रचिएको विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्र, २००६ साल बैशाख १० गते नेपालमा प्रकाशन भएको थियोे । कम्युनिस्ट आन्दोलनका एक अग्रज नेताको रुपमा पाएका थियौ हामिले"
उहाले प्रस्ताव गरेका प्रस्तावनाले आज नेपाल कम्युनिष्ट पार्टीलाई यहासम्म ल्याउन महत्त्वपूर्ण योगदान रहेको छ।जसमा मुलुक सामन्तवादी व्यवस्थाको उत्पिडिनमा पिल्सिदै आएको मुक्तिको निम्ति संघर्समा जोड दिएको थियो।नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ विश्व जनवादीको शिविरसित मेलहुने गरी विध्यमान सामान्ति व्यवस्था र नेपालमा भएको साम्राज्यवादी ,पुजीवादी ,अधिनायकवादलाइ जरैबाट उखेलेर फ्याल्नुपर्छ मजदुर बर्गको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्नु मुलमन्त्र रहेको थियोे ।
![]()
तर आज यो पाटी स्थपना भएको पनि चार बिशौ भईसक्दापनि उक्त प्रस्तावना प्रस्तवनामानै सिमित भएको छ। मजदुर ज्यालादारीले आफ्नो श्रम र उत्पादनको मूल्य कहिले निर्धारणगर्ने कहिले पाउने नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्रमा देश सामन्तवादी व्यवस्थाको उत्पीडनमा पिल्सिंदै आएको र अद्र्ध औपनिवेशिक अवस्थामा रहेको कुरा उल्लेख गर्दै त्यसप्रकारको स्थितिबाट मुक्तिको निम्ति संघर्ष गर्नुपर्नेमा जोड दिएको छ । नेपाली क्रान्तिको बाटोका बारेमा घोषणा–पत्रमा भनिएको थियोे “नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ, त्यो बाटो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी– पुँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्नु'
यहाँ नेलाली क्रान्तिको बाटो र मजदुर वर्गको नेतृत्वमा राज्यसत्ता स्थापनाको प्रश्नबारे स्पष्ट उल्लेख गरिएको छ । कम्युनिष्टको दायित्व, पथप्रदर्शक सिद्धान्त र कार्यक्रमबारे चर्चा गर्दै भनिएको छ– “नेपाल कम्युनिस्ट पार्टी, माक्र्सवाद– लेनिनवादको मार्गदर्शनमा अघि बढेको पार्टीले क्रान्तिको आधिबेहरीमा जनताको साथ दिने छ र यसले के प्रतिज्ञा गर्छ भने सच्चा स्वतन्त्रता तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा सदा अडिग भै लडिरहने छ । माक्र्सवाद–लेनिनवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्दै लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा अडिग भई लड्ने क्रान्तिको आँधिबेहरीमा जनताको साथमा रहने प्रतिज्ञा समेत गरिएको छ । सो घोषणा–पत्रमा नेपाली जनवादी क्रान्तिको कार्यक्रमका विविध पक्ष र कम्युनिस्ट पार्टी, जनवादी सेना तथा जनवादी क्रान्तिका तीन महत्वपूर्ण साधनहरुको आवश्यकताबारे चर्चा गरिएको छ ।
२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम सम्मेलन सम्पन्न भएको थियो । सो सम्मेलनमा कमरेड पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम तथा नीति सम्बन्धी राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । सो प्रस्तावमा भनिएको छ– “मुलुकमा सर्वाेच्च अधिकार जनताको हातमा हुनुपर्दछ । यसै अधिकारको आधारमा शासनव्यवस्था खडा हुनुपर्दछ । शासन व्यवस्थामा साम्रज्यवाद–सामन्तवाद विरोधी सम्पूर्ण जनता–मजदुर, किसान र जातीय पुँजीपति सामेल छन् । यसको रुप नयाँ जनवादी हुन्छ । शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ ।पार्टीको पहिलो र दोस्रो महाधिवेशनमा नयाँ जनवादकै कार्यक्रम पारित भएको पाइन्छ । परन्तु, तेस्रो महाधिवेशनमा नयाँ जनवाद होइन राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भएको छ । क. पुष्पलालका अनुसार तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम तथा सर्वसत्ता सम्पन्न सार्वभौम संसदको कार्यनीति बहुमतद्वारा पारित भएको हो त्यसमा वहाँको असहमति रहेको छ । क. पुष्पलाल भन्नुहुन्छ– “पार्टीको महाधिवेशनमा हाम्रो कडा प्रतिरोधका बावजुद प्रजातन्त्र नामक संशोधनवादी कार्यक्रम पास भएको हो ।”
तेस्रो महाधिवेशन पश्चात् पार्टीमा दुईलाईन संघर्ष तीब्र बन्दै गयो । त्यस स्थितिमा आफ्नो “मूल बाटो” शीर्षक प्रस्तावमा क. पुष्पलाल भन्नुहुन्छ– “संसदीय प्रजातान्त्रिक व्यवस्था भन्ने बित्तिकै पुँजीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो, संसदीय प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातन्त्र अथवा जनवादी प्रजातन्त्र दुवै हुन सक्छ । निश्चय पनि ठाउँ–ठाउँमा आफ्नो आर्थिक स्थितिले गर्दा देशको पुँजीपति वर्गले संसदमाथि कब्जा गरी यसलाई आफ्नो स्वार्थ साधन गर्ने यन्त्र बनाउन समर्थ भएको छ ।
यस्तो माहान सोच बिचारले परिमार्जित पाटी आज हेर्दाहेर्दै बालुवामा बिलिन भएको छ। जनतालाई अधिकार त दिए सत्ता त कब्जामा पारे तर उहीँ श्रिपेच लाउने जनताको हातमा सत्ता पुग्दाको परिणाम हो फरक यति हो इतिहासमा श्रिपेच सहित सत्ताधारी राजगद्दी मा बस्थे भनी श्रीपेच बाहेक अहिले नेपाल कम्युनिष्ट पार्टी लाई पुन २००६ सालमा पुर्याउनु हुने सफल नेतृत्वलाई हार्दिक बधाई लाखौ सोच बुझ भएको युवाहरुको जोस जाँगर प्रति खेलवाड गरिएको छ। जतिसुकै खोक्रो र आदर्शको नारा लाएपनि अहिलेसम्मको अवस्थामा ल्याउनलाई २० बर्ष पर्खिनु पर्ने अवस्था रहन्छ। आसा गरौ हाम्रो पालामा नभए हाम्रो भावि पुस्ताको निम्ति भएपनि कम्युनिष्ट पार्टीको पुन बिजारोपण गर्नु छ। स्वर्गीय कमरेड पुष्पलालको ४३ ओै स्मृति दिवशमा एकपटक पाटिको नेतृत्व वर्गमा स्मरण आओस शुभकामना ।
लेखक शान्ती गुरुङ (पाख्रीन ) नेकपा एमालेको युवा नेत्री हुनुहुन्छ ।



















