पथरी,११ साउन । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले शिक्षकहरुको सक्रियता र समाजका सवै पक्षको समन्वयमा शिक्षाको गुणस्तरीय विकास हुने बताउनु भएको छ ।
नगर पमुख राईले वडा नम्बर ४ स्थित भागीरथ माध्यामिक विद्यालयका शिक्षक तथा तात्कालिन प्रधानाध्यापक डिल्लीराज दहालको विदाई र नवनियुक्त प्रधानाध्यापक कृष्णबहादुर कार्कीको स्वागतमा आयोजित विद्यालयको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव एवम् नगरको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा सहितले नगरको शैक्षिक विकासका सन्दर्भमा मन्तव्य व्यक्त गर्दै शिक्षकहरुका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सो विद्यालयमा ३ वर्षे बाली विज्ञान विषयको पठनपाठनले नगरलाई कृषिको क्षेत्रमा थप उर्जा थप्ने उहाँहरुको धारणा थियो । शिक्षक दहाल ३७ वर्ष ५ महिना शिक्षण पेशामा आवद्ध हुनु भएको थियो ।



















