जनता सधैँ हार्ने ? ( लक डाउन कविता-२१ )
तिम्रो लागि हरेक दिन
जीतको उत्सव छ !
**
तर, हामी हरेक दिन
हारेका छौ!
मरेर बाँचेका छौ!
**
घरमा चुलो वाल्न नसक्दा नि हार्छौ!
अस्पताल नदेखेरै मर्नुपर्दा नि हार्छौ!
बन्द वाकसमा छोरा छोरीहरू स्वदेश भित्रिदा नि हार्छौ!
***
तिम्रॊलागि त हरेक दिन,
जीतको तमासा छ !
**
तर,हामी हरेक दिन
हारेका छौ!
आँसु पिएर बाँचेका छौ!
***
गाउँ बेसीको बाटो पैह्रो जादा नि हार्छौ!
स्कुल भत्किएर लड्दा नि हार्छौ!
खेतको कुलामा पानी नबग्दा नि हार्छौ!
खोला थुनिएर गाँउ बगाउँदा नि हार्छौ!
***
तिम्रॊ अनुहारमा हरेक दिन,
विजयको मुस्कान छ !
***
तर हामी हरेको दिन
हारेका छौ!
पीडामा बाँचेक छौ!
***
भोट दिएर जीताउँदा नि हार्छौ!
भोट नदिएर हराउँदा नि हार्छौ!
आन्दोलनमा हारेर नि हार्छौ!
आन्दोलनमा जीतेर नि हार्छौ!
****
आखिर किन ?
हामी जनता!
नेताको खुसिमा हार्छौ!
नेताको जीतमा हार्छौ!
सधैँ हार्छौ!
****




















