मेलम्चीको बज्र (लक डाउन कविता-११ )

✍️ सुभाषचन्द्र देवकोटा 

दूध दिने गाईको
लात्ती त सहिएकै हो!
तर,विडम्बना
यसपटक त मेलम्चीले पनि
लात्ती हान्यो!
मेलम्चीको लात्तीले,
जीवनभरि दुख्ने घाउ दियो !
पुस्तौ नबिर्सिने कहर बर्सायो !
उठनै नसक्नेगरि थला पार्यो!
*****
गाईले त लात्ती हाने पनि
दूध त दिन्छ!
तर,मेलम्चीले लात्ती हानेर,
हामी अडेको पहाड भत्कायो !
जीवनको आधार खेतबारी बगायो !
हाम्रो आश्रयस्थल गाउँ डुबायो !
हाम्रा प्रियजनहरू लुटेर लग्यो!
*****-
गाईको लात्तीलागे पनि !
राम्रै हुन्छ भन्छन् !
तर,मेलम्चीको लात्तीले त,
असह्य सास्ती दियो!
न घरको बनायो!
न घाटको बनायो!
उठीबास लगायो!
*****
मेलम्चीको बज्र लात्तीले!
अहंकारी मान्छेलाई!
चुनौती दियो!