विधि विधानको पक्षमा दृढता पुर्वक उभिनु भएका माधव नेपाललाइ कहिले आफुले प्रधानमन्त्री पाउन लडेको भनियो, कतिपय बेलामा आफुले अध्यक्ष पाउन लडेको भनियो तर पटक पटक वहाँले त्यस्ता पदको प्रस्तावहरुलाई तिरस्कार गर्दै आउनु भयो ।
अहिले पनि केहि दिन अगाडी देखि माधव नेपाललाइ दोश्रो अध्यक्ष वा अर्को अध्यक्ष दिने भन्ने प्रस्ताव अगाडी सार्ने जस्ता कुराहरु ल्याएर माधव नेपालको विधि पद्दति प्रतिको अडानलाइ पदीय लालचको परिणाम देखाउने खोज्ने कोशिस भएको थियो ।
लोभ , लालच भन्दा माथि उठेर राजनीतिमा इमानको सगरमाथा बन्न सफल भैसक्नु भएका माधव नेपालले अनुचित , अवैधानिक र षड्यन्त्र मुलक ढंगले आएको प्रस्तावलाइ वेवास्ता नै गर्नु भयो अनि पार्टी एक हुने र केहि समय देखि पार्टीमा देखिएको आफैं सर्वोपरी हुँ भन्ने भावनालाइ नियन्त्रण गर्ने समेत लक्ष्य राखेर अर्को अध्यक्ष बनाउने हो भने त्यसको लागि आफु हैन अन्य नेताहरुलाइ अगाडी सार्न सकिने संकेत पनि गरिदिनु भएको छ ।
सक्रिय रहन सक्ने स्वास्थ्य , जनता केन्द्रित राजनीति प्रतिको दृढता अनि सदैव सक्रिय रहने प्रतिवद्धता भएका माधव नेपालले विधि बाट कार्यकर्ताले गर्ने निर्णय अनुसार वैधानिक ढंगले एमालेको नेतृत्व गर्न अझै पनि कोशिस गर्नु हुन्छ , गर्न पाउनु हुन्छ ।
तर अनुचित ढंगबाट पद पाउने कुरालाइ ढोका छोडेर झ्याल बाट छिर्ने काम ठान्नु हुने माधव नेपाललाइ पदीय लालचले प्रभावित पारौंला भन्ने कसैले नसोचे हुन्छ । अफवाह भन्दा सत्य , अनि भ्रम भन्दा तथ्य वलियो हुन्छ र तथ्यहरुले चिच्याएर भनिरहेका छन कि माधव नेपालको लडाई निजि फाइदा वा वेफाइदा बाट प्रेरित न थिए न हुनेछन ।



















