काठमाडौ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवसीय अनुमति लिन आवदेन दिए पनि उनीहरुको जागिर चट हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार परेको राष्ट्रिय शिक्षा एने–२०७६ को मस्यौदामा सो व्यवस्था गरिएको हो ।
मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवदेन दिन दण्डनीय हुने व्यवस्था गरिएको छ ।
अधिकांश शिक्षक तथा कर्मचारीले अमेरिकाले उपलब्ध गराएको डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) भर्ने बताइन्छ । संसदबाट शिक्षा विधेयक पारित भएर ऐन लागू भए अब शिक्षक वा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीले (डिभी), परमानेन्ट रेजिडेन्ट भिसा पिआर, ग्रिन कार्ड वा विदेशमा स्थायी बसोवास गर्न दिएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिको प्रक्रियामा सामेल हुने रोक लाग्ने भएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान्रु सामान्यतया सबैको अनुमान हुन्छ चोर, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध। नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्धसमेत पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५-७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ ।
नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्ध) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फर्छ्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ ।
उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको ढिलासुस्ती, लेनदेनसहितका आचरण, पक्षविपक्षमा देखाएको निकटता, सीमावर्ती क्षेत्रमा प्रहरीबाट भएका बदमासी, क्रसर उद्योगमा देखिएका विवादलगायतका विषयमा प्रहरीकै विरुद्ध उजुरी आउने गरेको जनाए ।
‘प्रहरीबाट काम कारबाहीमा भएका ढिलासुस्तीदेखि प्रहरीका आचारण, सीमामा देखिएका बदमासी, लेनदेनका विषयलगायतमा उजुरी आउने गरेको छ,’ शाखाका डीएसपी चन्दले राजधानीसँग भने । यसरी उजुरी आउँदा विभिन्न स्रोत अख्तियार, हेलो सरकार, गृहमन्त्रालय, ई–कम्प्लेन, हुलाक, बेनामेपत्रमार्फत आउने गरेको चन्दले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।



















