काठमाडौं । बढ्दो गर्मी मौसमसँगै हाम्रा वरपर भएका सर्पहरु बाहिर आउँने गर्छन । वर्षायामसँगै चारै तिर हरियाली हुने भएको हुँदा आहार खोज्दै कतिपय अवस्थामा सर्पहरु घर भित्र यत्ति सम्म कि हाम्रो भान्सा, सुत्ने कोठा देखि लिएर चर्पीसम्म पनि सर्प देख्न सकिन्छ । बच्चाहरु निस्कने भएको हुँदा पनि यो समयमा जोखिम धेरै हुन्छ । सर्प फरकफरक खालका हुन्छन् ।
साप सर्पको जोखिम विशेष रुपमा नेपालको तराईमा हुन्छ । यहाँ निकै नै विषालु सर्पहरु पनि पाइन्छन् । सर्पको टोकाईपछि समयमा उपचार गर्न सकिएन भने बिरामीको ज्यान जानसक्ने सम्मको खत्तरा हुन्छ । यसका हामीले ध्यान दिनुपर्ने कुरा भनेको घर अनी घरको वरपर सरसफाइ राख्नुपर्छ ।
घरको नजिकै नाला वा तलाउ बनेको छ भने त्यसलाई पुर्नसक्दा राम्रो हुन्छ । किनभने घर वरपर यस्तो भएका भ्यागुत्ता पाइने सम्भावना धेरै हुन्छ । सर्पलाई मार्नुहुँदैन, यसले हाम्रो वातावरणलाई नियन्त्रण गर्न ठुलो मद्धत गर्दछ । हामीले सावधान हुनुपर्छ र अरुलाई पनि सचेत गर्नुपर्छ ।










